काठमाडौं फागुन २४ गते ।
आज प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि तय भएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
यसका साथै महिला तथा सामाजिक मामिला समितिका सभापति किररणकुमार साहले समितिको वार्षिक प्रतिवेदन पेस गर्ने छन् ।
यसअघि २१ गतेका लागि तय भएको बैठक सत्ता समीकरण बदलिएपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
Discussion about this post