बैतडी फागुन ३० गते ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बैतडीको जिल्ला कमिटीको अध्यक्षमा नरेशकुमार विक चयन भएका छन् । जिल्लाको पाटनमा मंगलबार सम्पन्न नवौँ अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
यसैगरी जिल्ला कमिटीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद तथा उपसचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएको एमाले बैतडीले जनाएको छ ।
Discussion about this post