जनकपुरधाम चैत १ गते ।
सर्लाही सदरमुकाम मलंगवास्थित दुई मन्दिर तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मलंगवा नगरपालिका–८ स्थित राजदेवी मन्दिर र मलंगवा नगरपालिका–९ स्थित झिलमिलिया माई मन्दिर भित्र रहेको मूर्ति तोडफोड गरेको आरोपमा मलंगवा –८ बस्ने ३३ वर्षीय राकेश बैठा पक्राउ परेका हुन ।
बैठालाई मन्दिर तोडफोडमा प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक दयनिधी ज्ञवालीले जानकारी दिए । उनका अनुसार मंगलबार साँझ बैठाले मन्दिर तोडफोड गरेका हुन् । बैठालाई धर्म सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले बताए ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ को धर्म सम्बन्धी कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पु¥याए धर्म सम्बन्धी कसुरमा अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
मन्दिरमा तोडफोड भएपछि बुधबार दिनभर मलंगवा अशान्त बनेको थियो । आज भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Discussion about this post