काठमाडौं चैत ६ गते ।
तीन दिनदेखि हराइरहेका ५० वर्षीय बीरबहादुर विकको शव सशस्त्र प्रहरीको गोताखोरले चैत्र ६ गते ब्रम्हायणी नदीमा फेला पारेको छ ।
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका २ कल्लेरी बस्ने विकको चैत्र ४ गते अपरान्ह सिन्धुपाल्चोकस्थित ब्रम्हायणी नदी किनारामा मोवाइल, घडी र स्टकोट फेला परेको थियो ।
घटनाबारे जानकारी पाएपछि नं. १६ गण सिन्धुपाल्चोकको विपद् व्यवस्थापन टोलीले खोजीकार्य गरिरहेको थियो । सो टोलीसँगै विकको खोजीको लागि नं. २० विपद् उद्धार गण सिनामङ्गलबाट सात जना गोताखोरसहित १६ जनाको फौज परिचालन गरिएको थियो ।
गोताखोरले मङ्गलबार दिउसो विकको शव सोही नदीको करिब २० फिट गहिराइबाट निकालेको शसस्त्र प्रहरीका डिएसपी एवं सह प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
Discussion about this post