बाँके चैत ७ गते ।
नेपालगन्ज उपमहनगरपालिका वडा नं.११ मा फोहोर व्यवस्थापन नहुँदा स्थानीय आक्रोसित भएका छन् । फोहोर व्यवस्थापनमा ध्यान नदिदा वडा नै दुर्घधन्ति भएको स्थानीय बताउँछन् ।
जनप्रतिनिधि र कर्मचारीहरुले फोहोर व्यवस्तापनमा चासो नदिएको स्थानीयको आरोप छ । वडा नं.११ को वडाअध्यक्ष नन्दकिशोर कश्यप हुन् । तर अध्यक्ष कश्यपले वडाको फोहोर व्यवस्थापनमा कुनै पनि चासो दिन नसकेको स्थानीयबासीको भनाइ छ । वडामा दुर्घन्ध हुँदा विभिन्न किसीमको रोगको जोखिम बढ्ने भन्दै स्थानीय चिन्तित पनि छन् ।
जथाभावी फोहोरले वडाको वेइज्जत समेत भएको उनीहरुको भनाई छ । वडालाई सफाई गराउन जनप्रतिनिधि देखि कर्मचारीहरु लाचार बनेको स्थानीयको भनाई छ । नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारवाही गर्ने गरेको छ ।
तर वडा नं.११ मा भने वडाअध्यक्ष तथा कर्मचारीहरुले सफाई व्यवस्थापनमा चासो नदिएका कारण सिंगो वडाकै वदनाम भइरहेको स्थानीयहरु दुखेसो पोख्छन् ।
Discussion about this post