अजय पाठक बाँके कार्तिक ११ गते ।
आजको दिन सबै नेपालीको घरमा गाई को जोबरले घर आगन लिपेर गोबरलाई गोबर्धन पर्वतको प्रतिक बनाइ पूज्ने चलन रहेको छ ।
आज गोबर्धन पूजा अर्थात यम पञ्चकको चौथो दिन रहेको छ । आजको दिन प्राचीन कृषि कार्यमा संगलन जीव गोरुको पूजा गर्ने चलन रहेको छ । हाम्रो देश पनि कृषि प्रभान देश भएको ले आजको दिन गोरुको पूजा गर्ने गरिन्छ । नेपालमा आजको दिन आफ्नो आणुवन्शिक पहिचान गुमाएर साडेबाट हल गोरुमा परिवर्तन भएकोमा आजको दिन गोरुका लागि महत्त्वपूर्ण रहेको छ ।
आजको दिन श्री कृष्णले आफ्नो औंलाले उठाउनु भएको त्यही गोबर्धन पर्वतको पूजा आज गरिन्छ ।
यसरी गोबर्धन पर्वतको पूजा आजा गर्दा गाई वस्तुको गोबरलाइ नै गोबर्धन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहेको छ ।
आजको दिन कृषि कार्यका सम्पुर्ण उपकरणहरु लगायत गोठ, पराल र अन्य खानेकुरा दिइन्छ, गोहु र घाँस काटने हसिया, बन्चुरो आदि को पूजा आजा गरिन्छ ।
प्राचिनकालका समयमा यातायातका माध्यम गोरु भएको हुनले गोरुलाई पूज्ने गरेका छन ।
Discussion about this post