बाँके चैत १६ गते ।
नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न क्षेत्रबाट भन्सार छलिका अवैध सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र उक्त कार्यालय मातहतका प्रहरी युनिटबाट खटिएको टोलिले अवैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याइएको सामान बरामद गरेको हो ।
प्रहरीका अनुसार कुर्ता, सुरुवाल, माउन्टेन ड्यु, टायल मार्वतलसहित साढे एक लाख मुल्य बढीको सामान बरामद गरेको हो । प्रहरीका अनुसार ढुवानीमा संलग्न साइकल, मानिस र एक लाख ५७ हजार आठ सय मुल्य बराबरको उक्त सामान नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
Discussion about this post