बर्दिया चैत १६ गते ।
भुमिसुधार तथा मालपोत कार्यालय गुलरियामा कार्यालय प्रमुख नहुँदा भुमिसुधार, मुद्दा र आर्थिकसँग सम्बन्धित कामकाज ठप्प भएका छन् । करिब १ महिनादेखि मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा ती कामकाज ठप्प भएको निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी नरेश कुमार तिवारीले जानकारी दिए।
उनका अनुसार कार्यालय प्रमुख सरुवा भएको २८ दिन बितिसक्दासमेत अर्का कार्यालय प्रमुख आएका छैनन् । उनले भने,’ भूमि व्यवस्थापन तथा अभिलेख विभागले अहिलेसम्म कार्यालय प्रमुखमा को आउने भनेर टुङ्गो लगाएको छैन।’ निमित्त कार्यालय प्रमुख तिवारीले कार्यालय प्रमुख नहुँदा भुमिसुधार, मुद्दा र आर्थिकसँग सम्बन्धित कामकाज ठप्प रहेको जानकारी विभागलाई गराएको जानकारी दिए। उनले भने,’यस विषयमा सिडिओ साबलाई समेत भेटेर जानकारी गराएको छु।’ उनले यस विषयमा विभागका उपनिर्देशकसँग पनि कुरा राखेको बताए ।
उनले भने, ‘कार्यालय प्रमुख नपठाउँदासम्म मैले विभागलाई बुधबार बिहान चिठ्ठि लेखेर यही रहेका नायब सुब्बालाई कार्यालय प्रमुख तोक्न आग्रह गरेको छु, अब विभागबाट के निर्णय भएर आउँछ, त्यो भने हेर्ने बाँकी छ। निमित्त कार्यालय प्रमुख तिवारीले कार्यालय प्रमुख तोक्नको लागि फाइल भुमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाएको जवाफ पनि विभागबाट आएको जानकारी दिए । कार्यालय प्रमुख नहुँदा जिल्लाको टाढा टाढाबाट आउने सेवाग्राही दुःख पाएर फर्किन बाध्य भएका छन् ।
Discussion about this post