दाङ चैत १६ गते ।
जिल्ला अनुगमन समितिले दाङ उपत्यकाका ४ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गर्ने निर्णय गरेको छ। मापदण्ड र कानुनविपरीत सञ्चालनमा आएको निष्कर्षसहित बन्द गर्ने निर्णय गरेको हो ।
जिल्ला अनुगमन समितिको संयोजकत्वमा गठित समितिका सदस्यसहितको टोलीले दाङ उपत्यकामा सञ्चालनमा रहेका १० वटा क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगको स्थलगत अनुगमन गरी ४ वटालाई तत्काल बन्द गर्न पत्राचार गर्ने निर्णय गरेको हो।
तत्काल बन्द गर्ने निर्णय भएका क्रसर उद्योगहरूबाट अवैध रुपमा संकलन गरिएका खोलाजन्य पदार्थ स्थानीय पालिकाहरू तुलसीपुर उपमहानगरपालिका र बबई गाउँपालिकालाई जफत गरी राजश्व लिएर बिक्री वितरण गर्न पत्राचार गर्ने निर्णय भएको छ।
सरकारी जग्गा अतिक्रमण गरी सञ्चालन गरिएका ती उद्योगले प्रयोग गरेका जग्गा भालुबाङ ज्वालामाई गणलाई खाली गराउन पत्राचार गर्ने, ती उद्योगहरूमा तत्काल विद्युत काट्न नेपाल विद्युत प्राधिकरण कार्यालयलाई पत्राचार गर्ने समेत निर्णय भएको छ।
Discussion about this post