बाँके चैत २१ गते ।
नेपालगन्जबाट ठूलो परिमाणमा अबैध सामान प्रहरीले बरामद गरेको छ । भन्सार छलि चोरी निकासी गरी ल्याएका अबैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलिले नेपालगन्ज उपमहानगरपालिका–७ गगनगन्जबाट करिब साढे १० लाख मुल्य बराबरको अबैध सामान बरामद गरिएको नेपालगन्ज वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिबहादुर बिसिले जानकारी दिए ।
कुर्ता सुरुवाल ४सय ४३ पिस प्रतिपिस एक हजारका दरले ४ लाख ४३ हजार, जिनटप भिटामिन तीन हजार पत्ता प्रतिपिस दुई सयका दरले ६ लाख गरि १० लाख ४३ हजार मुल्य बराबरको अबैध सामान बरामद गरिएको बिसिले जानकारी दिए । सशस्त्र प्रहरीको सेटिङमा पठाएको सामना नेपाल प्रहरीले धमाधम प्रक्रिरहेको छ ।
Discussion about this post