कैलाली कार्तिक १२ गते । कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा सोमबार एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन् ।
स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले सोही ठाउँका २८ वर्षीय खुशीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
घटनापछि घाइते चौधरीलाई तत्कालै टीकापुर अस्पताल पुर्याएपछि उनको मृत्यु भएको उनले बताए । मानसिक सन्तुलन अलि गुमाएका मोतीरामले आफ्नो घरमा झगडा गरिरहेका बेला खुशीरामले सम्झाउन खोज्दा बञ्चरो प्रहार गरेका र घटना पछि उनी फरार रहेको जनाइएको छ ।(रासस)
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post