काठमाडौं बैशाख ६ गते ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा दिल्लीले गुजरात टाइटन्सलाई ६ विकेटले हरायो ।
टस हारेर पहिलो ब्याटिङ गरेको गुजरातले दिएको ९० रनको लक्ष्य दिल्लीले ८ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो । त्यसअघि गुजरात १७ ओभर ३ बलमा ८९ रन बनाउँदा अलआउट भएको थियो । उसका रसिद खानले सर्वाधिक ३१ रन बनाए । साई सुर्दशनले १२ र राहुल टावाटियाले १० रन बनाउनुबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
जितसँगै ७ खेलमा ६ अङ्क रहेको दिल्ली तालिकाको छैटौँ र समान खेलमा समान ६ अङ्क नै रहेको गुजराज सातौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज पन्जाब किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ ।
Discussion about this post