बाँके बैशाख ९ गते ।
बाँके प्रहरीले २ सय १६ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीको सक्रियताका कारण पछिल्लो सयम विभिन्न आपराधिक क्रियायाकलाप गरी अदालतको फैसलामा सजाय तोकिइ फरार रहेका प्रतिवादी पक्राउ पर्ने क्रम बढेको छ ।
पक्राउ पर्ने प्रतीवादीमा जुवा, ज्यान, चोरी, गालीबेइज्जती, जालसाजी, चेक अनादर, ठगी, विद्युतीय कारोबार ऐनलगायतका मुद्दासँग लगायतका फरार प्रतिवादी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आ.व.को नौ महिनामा २ सय १६ जना फरारलाई पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले १ सय २१ बर्ष २ महिना ४ दिन कैद सजाय भुक्तानका लागि २ सय १६ अपराधी पक्राउ गरेको जानकारी दिएका छन् । प्रहरीले जिल्लामा अदालतबाट फैसला भई सजाय तोकिएका फरार अपराधीहरू पक्राउ गर्नका लागि छट्टै यूनिट बनाएको छ ।
जसले अदालतबाट सजाय तोकिएका फरार र प्रहरीमा मुद्दा रही फरार भएकाहरूलाई खोजी गर्दै कानुनी सजायको भागिदार बनाउने गरेको छ । जिल्ला प्रहरी कार्यालयले चालु आ.व.को नौ महिनामा पक्राउ गरेकाहरूबाट २३ लाख ४७ हजार ७ सय ७८ जरिवाना समेत असुली रहेको जानकारी दिएको छ ।
बाँके प्रहरीले अघिल्लो आ.व. ०७९/०८० को चैत्र मसान्तसम्म १ सय ७७ जनालाई पक्राउ गरेको थियो । तथ्यांकले फरार अपराधी पक्राऊको संख्या जिल्लामा बढेको देखाउँछ । अघिल्लो आ.व.मा चैत्र मसान्तसम्म पक्राउ परेकाहरूबाट २ सय ६८ बर्ष २ महिना २ दिन कैद भुक्तान बाँकी रहेको थियो ।
उनीहरूबाट ७ लाख ४६ हजार ९ सय ८३ भुक्तानी बाँकी रहेको थियो । बाँकेमा पछिल्ला दिन नियमित जसो फरार समातिने गरेका छन् । प्रहरीले फरारलाई पक्राउ गरेर कैद तथा जरिवाना कार्यान्वयनका लागि अदालतमा बुझाउने गरेको प्रहरी अधिकारी बताउँछन् । ‘अपराध गरेपछि कुनै न कुनै समयमा कानुनी सजाय भोग्नै पर्छ’, प्रहरी भन्छन्।
Discussion about this post