खोजखबर संवाददाता
बाँके असार १४ गते । पेशागत सुधारका लागि नेपाल शिक्षक महासंघ नेपालगन्ज नगर समितिले सबै शिक्षकहरुलाई तालिमको व्यवस्था हुनुपर्नेमा जोड दिएको छ।
विभिन्न तालिमहरु संचालन भएतापनि कम सीट संख्याका कारण बाँकेका कतिपय शिक्षकहरु अझैसम्म तालिमहरुबाट बन्चित रहेकाले सीट संख्यामा वृद्धि गरि सबैलाई तालिमको व्यवस्था हुनुपर्नेमा शिक्षक महासंघ नेपालगन्ज नगरसमितिले सो जोड दिएको हो।
सो बारे नगर समितिले शिक्षा तालिम केन्द्र , भैरहवा प्रदेश नं. ५ लाई शनिबार एक ध्यानाकर्षण पत्र दिएको छ।
जिल्लामा प्रधानाध्यापक , शिक्षक , बालविकास लगायतका लागि विभिन्न पेशागत तालिमहरु भएका तर कम सीट संख्याका कारण कतिपय शिक्षकहरु ती तालिमबाट अझैपनि बन्चित रहेको उल्लेख गर्दै महासंघ नेपालगन्ज नगर समिति अध्यक्ष मनोजराजा श्रीवास्तवले जिल्लामा अब संचालन हुने त्यस्ता पेशागत तालिमहरुको सीट संख्यामा वृद्धि गर्न सम्बन्धित निकायसंघ जोडदार माग राखिएको जानकारी दिनुभयो।
Discussion about this post