बाँके बैशाख १९ गते ।
आज १३५औं श्रमिक दिवसमा बाँकेमा विविध कार्यक्रम हुने भएको छ । यही मे १ तारिख अर्थात १९ गते आज श्रमिक दिवसका दिन बाँकेमा विविध कार्यक्रम तय गरिएको हो ।
दिवसका दिन नेपालगञ्जमा जिल्लास्तरीय कार्यक्रम तयारी गरिएको नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले जनाएको छ । सो दिन नेपालगन्जमा प्रभातफेरी, सभा जस्ता कार्यक्रम गरिने ट्रेड युनियन कांग्रेस बाँकेका सचिव शिवध्वज शाहीले जानकारी दिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य एव नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, ट्रेड युनियन कांग्रेसका केन्द्रीय प्रतिनिधिका रुपमा महेन्द्र यादव, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनको विशेष उपस्थिति रहनेछ । श्रमिक दिवसको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।
Discussion about this post