बाँके बैशाख ३१ गते ।
लुम्बिनी प्रदेशसभाका दुई सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी (जसपा)मा खुलेका छन् ।
प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन् । दुवै जना बाँके क्षेत्र नं २ को १ र २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् । अहिर लुम्बिनी प्रदेशको कृषि मन्त्री समेत रहेका छन् ।
लुम्बिनी प्रदेशमा ३ जना सांसद रहेकोमा अव उपेन्द्र यादव तिर समानुपातिक सांसद अम्बिका काफ्ले मात्रै रहेको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए ।
Discussion about this post