यतिबेला बजारमा जताततै आँप छ । कसैलाई आँप काटेर खान मन पर्छ ।
– आँपलाई खैरो पेपरमा बेरेर टोकरीमा राख्नुस् । तर यो भन्दा अगाडि आँपलाई धुनुस् ताकि यसमा कुनै केमिकल छन् भने पखालियोस् । यी आँपलाई काठको टोकरीमा राख्नुस् । सही तापक्रम पाएर यो प्राकृतिक रूपमा पाक्न थाल्छ र स्वाद पनि मिठो हुन्छ ।
– आँपलाई घाम वा धेरै गर्मी भएको ठाउँमा राख्नु हुन्न । बरु खाटको मुनि वा अँध्यारो ठाउँमा राख्नुस् ।
– बिहान सबेरै आँपको थुप्रोबाट पाकेका आँप छानेर दुई घण्टासम्म फ्रिजमा राखिदिनुस् । खानुअघि यी आँपलाई ४ देखि ५ घण्टासम्म पानीमा भिजाएर राख्नुस् । यसले आँप चिसो रहन्छ र स्वास्थ्यलाई पनि हानि गर्दैन ।
– एकै पटकमा धेरै आँप पाकेका छन् भने यी आँपलाई ४ देखि ५ दिनसम्म फ्रिजमा राख्न सकिन्छ । यसले आँप थप पाक्ने वा गल्ने प्रक्रिया रोकिनेछ र बिग्रने छैन ।
– तपाईँ आँप महिनौँ वा हप्तौँसम्म नबिग्रियोस् भन्ने चाहनुहुन्छ भने आँपलाई काटेर, बोक्रा निकालेर, मिक्सरमा पिसेर आइस ट्रेमा हालेर राख्नुस् । यसरी तपाईले महिनौँसम्म पनि आँप प्रयोग गर्न सक्नुहुन्छ । एजेन्सी
Discussion about this post