बाँके असार २० गते ।
फरार अपराधी समात्न गएको प्रहरी टोलीलाई अवरोध पछि बाँकेको सिखनपुरुवामा प्रहरीले गोली चलाएको छ । भने फरार अपराधीलाई पनि नियन्त्रणमा लिन सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले डुडुवा–६ मा डाँका चोरी मुद्दामा ६ वर्ष कैद र १२ हजार जरिवाना तोकिएका सरमानसिंह सरदारलाई पक्राउ गर्न पुग्दा आफन्त तथा स्थानीयले अवरोध गरेका थिए । उनी ११ वर्ष देखि फरार थिए । सरमानसिंहलाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले प्रहरी माथि ढुंगा र इट्टा प्रहार गरेर अवरोध गरेका थिए ।
स्थानीयको अवरोधका बीच सरमान सिंह हत्कडी सहित फरार भएका थिए । त्यसक्रममा प्रहरीले तीन राउण्ड गोलि चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले बताए । उनको घुटामा गोलि लागेको छ ।
उनको भेरी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले थप प्रहरी परिचालन गरेर उनलाई पक्राउ गर्न सफल भएको डिएसपी डाँगीले जानकारी दिए । स्थानीयले ढुंगा र इट्टा प्रहार गर्दा ईलाका प्रहरी कार्यालय हिरमिनियामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार मदन डाँगीसहित केही जवानहरु घाइते भएका छन् । मदनको टाउको, हात र शरीरको पछाडी भागमा चोट लागेको छ। उनको भेरी अस्पतालमा उपचार भैरहेको छ ।
Discussion about this post