कञ्चनपुर असार २४ गते ।
कञ्चनपुर जिल्लामा अति भारी वर्षा भएको छ । हन्मान नगर, दोधारा, सुन्दरपूर वर्षामापन केन्द्रमा अति भारी वर्षा भएको छ । यी क्षेत्रमा ४५० मिलिमिटरदेखि ५०८ मिलिमिटर वर्षा मापन भएको छ । थप वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अति भारी वर्षाका कारण उक्त क्षेत्र भएर बग्ने अधिकांश नदीहरूमा हाल जलसतह खतरा तहभन्दा माथि रहेको छ । त्यसैले उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्नरजान विभागको आग्रह छ । यसैबीच, माहाकाली नदीमा बाढीको उच्च जोखिम रहेको छ ।
राति १२ बजे महाकाली नदी डडेलधुरास्थित पारीगाउँ बाढीमापन केन्द्रमा जलसतह ९७।७ मि० खतरा तहभन्दा माथि पुगेको थियो । “जल सतह थप बढ्ने क्रममा रहेको छ । कञ्चनपुर र डडेलधुराको नदी तटीय क्षेत्रमा रहनेहरू अति उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न र जानुहुन अनुरोध छ,” विभागले भनेको छ ।
Discussion about this post