बाँके असार २५ गते ।
खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर बाँकेमा दुई महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छिन् ।
राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा दुई महिलाको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ३२ वर्षीय सम्झना विक र ३२ वर्षीय वसन्ती उपाध्याय रहेकी छिन् ।
गम्भीर घाइते दुवैको उपचारका क्रममा मृत्यु भएको हो ।
चट्याङ लागेर ३० वर्षीय सलिना विक गम्भीर घाइते भएकी छिन् । उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post