काठमाडौं असार २७ गते ।
देशका केही स्थानमा आज पुनः भारीदेखि अति भारी वर्षा हुने भएको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ ९नेपालको दक्षिण भू–भागरसिमाना आसपास० रहेका कारण भारी वर्षाको सम्भावना रहेको हो ।
बिहान देशभर साधारणतया बदली रहेको छ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । कोसी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणदेखि पूर्ण बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
Discussion about this post