बाँके कार्तिक २१ गते । सन्चारीका समुह बाँकेको आयोजनामा विकास पत्रकारीतामा पत्रकार महिलाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा शहरी विकास मन्त्री इस्तीयाक राइ संग पत्रकार महिला हरु बिच छलफल भएको छ।
नेपालगन्जमा भएको अन्तरक्रिया कार्यक्रममा नयाँ कार्यसमिति लाई बधाई तथा शुभकामना दिदै मन्त्री राई ले महिलाहरु लाई एकजुट भएर काम गर्न समेत सुझाव दिएका छन ।
हरेक संगठनमा आवद्ध पत्रकार महिलाहरु लाई समसामयिक मुद्दा हरुमा एकजुट भएर जुनसुकै समस्या हरुको बिषयमा पनि काम गरेर समाधान गर्नु पर्ने मा जोड दिएका छन । पत्रकार हरुमा न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउने कुरामा समस्या रहेको ले उक्त कुरामा आफुले पहल गर्ने जनाएका छन् ।
महिला पत्रकार हरुको हरेक क्षेत्रमा सहभागिता मा जोड दिनु पर्ने जनाएका छन ।
बाँके मा भै रहेको बिकाशमा बिकाश बिरोधि हरुले विभिन्न किसिमको आरोप लगाउने र बिकाशको काम देखेर आतिएको जनाए आफ्नो पहलमा नेपालगञ्ज लाई हरीत शहर निमार्ण गर्न ३००० वटा बिरुवा लगायको र त्यो कुरा मा समेत केहि बिरोधि हरु अत्तालिएको बताउनुभयो । वातावरण स्वच्छ हुन पहिले रुख चाहिने भएकाले वातावरण स्वच्छ बनाउन मन्त्रालयले १० हजार विरुवा लगाउने लक्ष्य सार्वजनिक गरेको बताउनुभयो ।एसियाली विकास बैंकको ऋण सहयोगमा मन्त्रालयले थप ३४ प्रतिशत रकम थप गरी नेपालगन्जलाई वृक्षारोपणको रकम दिएको मन्त्री राईले बताउँदै नेपालगन्ज उपमहानरपालिकाले टेण्डर गरी विरुवा लगाएको बताउनुभयो । बाँके को नेपालगञ्ज लाई शुन्दर शहर निमार्ण गर्ने कि यसलाई कुरूप बनाउने जिम्मा हामी सबैको रहेको बताउदै अब बिकाश मा रिश र बिरोध गरेर होईन एक जुट भएर लाग्न समेत जोड दिएका छन् ।
सोहि कार्यक्रममा बोल्दै पत्रकार बिमला चौधरीले विकास निर्माणका रिर्पोटींगमा पुरुष पत्रकारहरुको हालिमूहाली रहने तर पत्रकार महिलाहरुलाई खबर नै नहुने गरेको गुनासो व्यक्त गरिन् ।
सञ्चारिका समूह बाँकेकी अध्यक्ष रुपा गहतराजको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु लगाएत पत्रकार महिलाहरुको सहभागीता रहेको ।
Discussion about this post