बाँके साउन ७ गते ।
साउन महिनाको आज पहिलो सोमबार, बागेश्वरी मन्दिरमा श्रद्धालुहस्को घुइँचो लागेको छ ।
सो अवसरमा नेपाल प्रहरी श्रीमती संग लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बाँकेको सहकार्यमा नि.शुल्क प्राथमिक उपचार, स्वास्थ्य परामर्स तथा खानेपानी बितरण गरिएको हो ।
साउन महिनाको आज पहिलो सोमबारको अवसरमा नेपालगंज उप–महानगरपालिका–२ बागेश्वरी मन्दिरस्थित नेपाल प्रहरी श्रीमती संग र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरुको उपस्थितिमा श्रद्धालु भक्तजनहरुलाई नि.शुल्क प्राथमिक उपचार, स्वास्थ्य परामर्स तथा खानेपानी बितरण कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Discussion about this post