बुटवल साउन १० गते ।
लुम्बिनी प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी भएको छ । कांग्रेस र एमालेबीच बुधबार यस्तो समझदारी बनेको हो ।
एमालेका तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्य, बिनाविभागीय मन्त्री भूमीश्वर ढकाल, प्रमुख सचेतक तुलसीप्रसाद चौधरी र कांग्रेसका तर्फबाट दलका नेता एवं पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, मन्त्री एवं प्रमुख सचेतक जन्मजय तिमिल्सिना लगायतका नेताबीच बुधवार बुटवलमा बसेको बैठकले सरकारको नेतृत्व आलापालो गर्ने समझदारी बनेको तुलसीप्रसाद चौधरीले बताए ।
लुम्बिनीमा बुधबार नै मुख्यमन्त्री आचार्यसहित एमालेबाट चार र कांग्रेसबाट चार जना विनाविभागीय मन्त्री बनाइएको छ । १२ मन्त्रालय रहेको लुम्बिनीमा कांग्रेस र एमालेले ५/५ मन्त्रालय बाँडफाँट गरेका हुन् । दुई मन्त्रालयमा साना दललाई समट्ने छाडिएको बताइएको छ ।
Discussion about this post