महोत्तरी साउन १४ गते ।
क्रसरले बनाएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार, “महोत्तरीको बर्दिवास नगरपालिका–६ स्थित रातुखोला किनारमा क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर स्थानीय १३ वर्षीय रिदम अधिकारीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शनिबार बिहानै घरबाट निस्केका रिदम अबरेसम्म नफर्किएपछि परिवारजनले खोजबिन सुरु गरेका थिए । उनको शव खाल्डोमा डुबेको अवस्थामा आइतबार दिउँसो साढे दुई बजेतिर फेला परेको हो ।
घटना विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
Discussion about this post