बाँके साउन २७ गते ।
राप्तीसोनारी गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष ज्ञानेन्द्रराज ओलीले पालिकाको वडा नं. ५ मा पर्ने बालक शान्ति प्राथमिक विद्यालयलाई विभिन्न सामाग्री सहयोग गरेका छन् ।
शनिवार एक कार्यक्रमका बीच उनले विद्यालयलाई आवश्यक पर्ने फिल्टर मेसिन छ वटा सिलिङ पंखा तथा फिटिङ सामाग्री सहयोग गरेका हुन् । करिव दुई लाख २३ हजार मूल्य बराबरको सामाग्री वडाअध्यक्ष ओलीले सहयोग गरेको विद्यालयले जनाएको छ । सहयोग सामाग्री हस्तान्तरण पछि वडाअध्यक्ष ओलीले आफ्नो तर्फबाट हुन सक्ने सहयोग गरिएको बताए ।
उनले कुनै पनि बालबालिकाहरु विद्यालयको पहुँच भन्दा बाहिर हुन नपरोस् र विद्यालयमा रहेका बालबालिकाहरुको पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए ।
उक्त सहयोग सामाग्रीपछि बालबालिकाहरुले शुद्ध पिउने पानी खान पाउने छन् ।यस्तै गर्मीमा पनि राहात महसुस हुने विद्यार्थीहरुको भनाइ छ । वडाअध्यक्ष ओलीको सहयोगले विद्यालयलाई ठूलो राहात मिलेको विद्यालयका प्रअ खेमराज थापाले बताए ।
Discussion about this post