खड्क सुनार मुगु कार्तिक २२ गते ।
नेपाली सीमा अतिक्रमण गरी भारतले आफ्नो नक्सा बनाएपछि अहिले देश भर यसको बिरोध भइरहेको छ । नेपाली भू भाग लिम्पियधुरा देखि लिपु लेक सम्म लाई भारतले समेटेर नक्सा बनाएपछि नेपाली नागरिकहरु बिरोध गरेर आज गमगढी बजारमा अपरान्ह ५ बजे तिर सदरमुकाम गमगढीमाको कृष्ण चोकमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन संघ अनेरास्ववियु मुगुले आज प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको हो । मुगुका स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु मुगुले व्यानर सहित, विद्यार्थी , उद्योगी व्यवसायी, बुद्धिजीवि युवा युवतिले विरोध प्रदर्शन गरेका हुन् । नेपाली भूमिमाथिको हस्तक्षेप विरुद्धको प्रदर्शनमा ’गो व्याक इन्डिय’ को नारा समेत लगाएका थिए ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रै हो भन्दै प्रदर्शनकारीले भारतबाट मिचिएका सबै सिमाना निर्धारण गरी काँडे तारबार लगाउन समेत माग गरेका हुन् । सीमा हस्तक्षेप हुँदै आएपनि भारतले नक्सामै नेपालीभूमि समेट्नु सार्वभौम राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको स्वतन्त्र विद्यार्थी युनियन संघका अध्यक्ष चन्द्र प्रकास मल्लले बताए ।
भारतले नेपालको सिमाना मिच्ने कार्य वर्षौंदेखि गरिरहेको भन्दै भारतीय विस्तारवादको डटेर सामना गर्नका लागि तयार रहन सबैलाई आग्रह समेत गरे । सधैं पार्टीका झण्डा बोकेर सडकमा देखिने विद्यार्थी नेताहरु यस पटक नेपालको राष्ट्रिय झण्डा लिएर सडकमा देखिएका थिए ।
विरोध सभामा विद्यार्थी नेताले भारतको ज्यादति र थिचोमिचो सहेर बस्न नसक्ने चेतावनी दिए । विद्यार्थी नेता तथा सभापति चन्द्र प्रकास मल्ल , ककेस शाही , बसन्त कुमार बढुवाल , जयसिंह कुमाई , सम्भव सुनार लगायतका नेताहरुले पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरेका छन् ।
जिल्लाको सदरमुकाम गमगढी बजारको कृष्ण चोकबाट निस्किएको नागरिक अगुवाहरुको विरोध प्रदर्शन मुख्य बजार हुँदै अदालत चोक , न्युरोड हुदै पुन पनि कृष्ण चोक पुगि कोण सभा गरिएको थियो ।
Discussion about this post