बाँके भदौ २४ गते ।
नेपालगन्जबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन्।
नेपालगन्ज उपमहानगरपालिका–११ बिपि चोकबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित दुई जनालाई आइतबार बिहान बाँके प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१ बस्ने ४१ वर्षीय सुबोध क्षेत्री र बर्दिया मधुवन नगरपालिका–६ बस्ने २१ वर्षीया रिना शाही ठकुरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुबैजनामाथि सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post