लुम्बिनी भदौ २६ गते ।
लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २९ औँ बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
आजको प्रदेश सभा बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेश गर्ने कार्यसूची छ ।
अघिल्लो प्रदेश सभा बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको विधेयकलाई पुनः छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो ।
समितिको बैठकले केही थप्नुपर्ने विषयहरूलाई समावेश गरेर पुनः प्रदेश सभामा पेश गर्ने तयारी गरेको हो । प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो ।
यस्तै, बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।
Discussion about this post