बाँके कार्तिक २४ गते ।
आज मुस्लिम धर्मावलम्वीहरुको ईस्लाम धर्मका अन्तिम पर्वर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्म दिन मोहम्मद डे को १२ तारिख रहेको छ ।
ईस्लामी क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रविउलअव्वलको अरबी १ तारिख देखि १२ तारिख सम्म टोल गल्ली सजावट गर्ने र आज आइतबार १२ तारीखको दिन मोहम्मदी जुलूस निकाल्ने मुस्लिम समुदमयको चल्न रहेको छ ।
नेपालगन्जमा गल्ली र सडकहरु सजिनु का साथै सडकमा गुड्ने सवारी साधनमा समेत मदीना नामको झण्डा लगाइएको छ । नेपालगंजका मुस्लिम समुदायका मुसलमानहरुले आ–आफ्नो घरमा मदिनाको फोटो र सरकारकी आमद मरहबा लेखिएको झण्डा लगाएका छन् ।
धार्मिक प्रवचन गर्नुका साथै घर, टोल र मस्जिदलाई सजाएका इस्लाम धर्मका प्रवर्तक मोहम्मद सल्लललााहो अलैहेवसल्लमको शुभ जन्मोत्सव अर्थात मोहम्मद डे मा धुमधामका साथ मनाईदै आएका छन् । मुस्लिम धार्मीकहरुले सहभागी हुने र अन्य धार्मिकका मन्नेहरुले पनि मोहम्मद डे मा सहभागि हुने भएका छन् ।
यो जुलुस जामामस्जिद देखि घोसीटोल,फुल्टेक्रा,आँखा अस्पताल,डिएसपीरोड,एमपी स्कुल,रानी तलाउ,एकलैनी,त्रिभुवनचोक,वीपीचोक धम्बोजी हुँदै न्युरोडपछि गौसीया मस्जिदमा गएर समापन हुने कार्यक्रम रहेको छ । गौसीया मस्जिद,जामा मस्जिद लगायत सबै मस्जिदहरुमा मिलाद फातीहा गराउने ने र घर–घरमा मिठो खाने कुराहरुमा फातिहा दिने रहेका छन् ।
Discussion about this post