बाँके असोज १६ गते ।
नेपालगन्ज वडा प्रहरी कार्यालयले भारतबाट भन्सार छलि ल्याइएको अवैध सामान बरामद गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ नन्दनी मिल नजिकैबाट भन्सार चोरी पैठारी गरी ल्याइएको २० क्विन्टल चामल बरामद गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज अरुण बमले बताए ।
करिव १ लाख २० हजार मुल्य बराबरको उक्त चामल थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको पनि उनले बताए ।
Discussion about this post