जियाउल मुस्तफा कादरी
बाँके कार्तिक २४ गते । आज जश्ने ईदमिलादुन्नबी हजरत मोहम्मद मुस्तफा सल्लललाहोतआला अलैहेवसल्लमको हर्ष उल्लासका साथ आज मोहम्मद डे मनाइएकोे छ । इस्लाम धर्मका प्रर्वकता हजरत मोहम्मद मुस्तफाको जन्म मुबारक इस्लामी महिनाको तेस्रो महिनाको १२ तारिख का दिन विहाना सादिकको समयमा जन्म भयो । त्यो सोमवारको दिन रहेको थियो मुस्लिम समुदायले सोमवारलाई पीरको दिन पनि भन्ने गरिन्छ ।
हिजरी सम्वतको आज कै दिन १२ बह्र तारिख रहेको थियो । आजको दिन जन्मनु भएको थियो इस्लाम धर्मका प्रर्वकता हजरत मोहम्मद मुस्तफाको आज जन्म दिन रहेको छ जसलाई मुस्लिम समुदायले मोहम्मद डे पनि भन्ने गरिन्छ । हिजो रातिमा मस्जिदहरुमा रात भरि जागराम बसि तस्बीह तकरीर कुरआनको तिलावत (पाठ) नफली नमाज सलातो सलाम पढीनुका साथै फातिह मिलाद भएको थियो । नेपालगञ्ज लगायत देश र विदेशहरुमा पनि जुलुसे मोहम्मदी निकालिएइको छ ।
मोहम्मदी जुलुसमा इसलामिक जवान,बुढो बच्चहरु लगायत नात पढदै नेपालगञ्जमा हजारौंको सख्ंयामा मुस्लिम समुदायको सहभागी रहेका थिए र जुलूसमा लड्डु, बलुसाही, बिरयानी, सुन्तला,सेउ ,काज,बदाम ,मुनकक,बोत्लको पिउने पानी लगायत खाने कुराहरु बढीएको थियो । जामा मस्जिद देखि सुरु भएको मोहम्मदी जुलुस घोसीटोल ,फुल्टेक्रा ,आँखा अस्पताल ,डिएसपीरोड, एमपीस्कुल,रानी तलाउ,एकलैनी,त्रिभुवनचोक,वीपीचोक धम्बोजी हुँदै न्युरोड हुँदै गौसीया मस्जिदमा आएर समापन भएका थियो ।
गौसीया मस्जिद,जामा मस्जिद लगायत सबै मस्जिदहरुमा मिलाद फातीहा गराउने ने र घर–घरमा मासु र मिठो खाने कुराहरुमा फातिहा दिने आफनो मनमा भएको जिज्ञास,बिरामी भएको व्यक्तीको सन्चो हुनेको हकमा दुआ र देशमा विकास अमन शान्तिका लागि मस्जिदहरुमा अल्लाह संग दुआ मांग्एिको छ । मुस्लिम समुदायको यो पर्वले नै सबै पर्वहरु रहेको छ । यो पर्वको सबै भन्दा धेरै नै महत्व रहेको छ । किन भने यो पर्व मुस्लिम समुदायको अन्तिम पैगम्बर पर्वकताको जन्म भएको थियो त्यसै भएर यो पर्वको महत्व रहेको छ यदि यो पर्व हुन्थिए न भने कुनै पर्वहरु हुन्थिए न त्यसै भएर यो पर्वको धेरै नै महत्व रहेको छ । यो पर्व पछि तेस्रो महिना रबिउल सानी ग्यारवी शरीफ आउने छ ।
Discussion about this post