बाँके कात्तिक १८ गते ।
भारतबाट भन्सार छलिको अवैध सामान जमुनाह प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहबाट प्रहरी नायब निरीक्षक रविन्द्रबहादुर बमको कमाण्डमा खटिएको प्रहरीको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह गाउँबाट लत्ताकपडा बरामद गरेको हो ।
प्रहरीका अनुसार उक्त लत्ताकपडाको अन्दाजी मूल्य ८९ हजार ९ सय बराबर रहेको छ । बरामद गरिएको सामान थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ ।
Discussion about this post