बाँके मंसिर १६ गते ।
नेपाली काँग्रेस क्षेत्र नं।१ ले बाँकेको राप्तीसोनारी ७ का अग्नी पीडितलाई राहात वितरण गरेको छ । अग्नी पीडितहरु रामचन्द्र कुम्हार, तुल्सीराम कुम्हार र बंशीलाल कुम्हारलाई क्षेत्रीय सभापति पोषण केसीले राहात वितरण गरे ।
आगलागीबाट घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । ती अग्नी पीडितहरुलाई खाद्यान्न लगायतको राहात सामाग्री वितरण गरिएको केसीले बताए । खाद्यान्न लगायतको सामाग्री उपलब्ध गराउने मानवीय सहयोगी मनहरु प्रति उनले धन्यवाद समेत दिएका छन् ।
क्षेत्रीय सचिव खुम बहादुर बस्नेतका अनुसार अग्नी पीडितहरुलाई राहात वितरणसँगै नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति, जिल्ला र क्षेत्रको संगठन सुदृढिकरण अभियान अन्तर्गत टोल टोलमा कांग्रेसू अभियानको एघारौ दिन आइतवार राप्तीसोनारी वडा नं ७ का देउपुरूवा र पिप्रहवा टोलमा कार्यक्रम सम्पन्न भएको छ।
Discussion about this post