बाँके मंसिर ३० गते ।
दसैँ तिहार र छठ जस्ता महत्त्वपूर्ण चाडपर्व मनाउन स्वदेश आएका पश्चिम नेपालका पहाडी जिल्लाका नेपाली युवा रोजगारीका लागि फेरि भारत फर्किन थालेका छन्।
स्वदेशमा रोजगारी नभएपछि फेरि एक पटक नेपाली युवा रोजगारीका लागि भारतका विभिन्न ठुला सहरतर्फ जान थालेका हुन्। कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका युवा अहिले फेरि दैनिक रोजगारीका लागि भारततर्फ गइरहेको यहाँस्थित नेपाल भारत नाकामा रहेको जमुनाह प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय, जमुनाहाका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले चाडपर्व सकिएपछि फेरि दैनिक भारतजाने नेपालीको संख्या बढ्दै गएको बताए । उनले अहिले दैनिक तीन सयदेखि पाँच सयको हाराहारीमा नेपाली युवा कामका लागि भारततर्फ गइरहेको जानकारी दिए ।
भारत जानेहरुमा अहिले सबैभन्दा बढी पन्जाब, सिमला, अहमदाबाद, हरियाणा गुजरात लगायतका स्थानमा गइरहेको पाइएको जमुनाहा प्रहरी कार्यालयले जनाएको छ।
Discussion about this post