बाँके पुस ९ गते ।
सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी बिमल डाँगीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले बोलाएको छ । बाँकेमा भैरहेको तस्करी र कुटपिट बिषयमा एसएसपी गंगाराम श्रेष्ठ नेतृत्व समितिले प्रतिबेदन बुझाएपछि एसपी डाँगीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले सोधपुछका लागि बोलाएको हो।
अनलाइन खोजखवरले यस बिषयमा निरन्तर समाचार प्रकाशन गरेपछि एसएसपी श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन भएको हो । एसपी डाँगीलाई आज १०:३० बजे प्रधान कार्यालयमा उपस्थित हुन पत्र पठाएपछि उनी सोमवार बेलुकीको फ्लाइटबाट काठमाण्डौ गएका छन् । बाँकेमा एसपी डाँगीलाई तस्करसंग मिलेर पैसा असुलेको आरोप लागेको छ ।
Discussion about this post