दाङ पुस २५ गते ।
दाङमा प्रहरीले २४ किलो बढी प्रतिबन्धित लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध चरेसको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका–१३ सिर्जनशिल टोलबाट २४ किलो ७१० ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्युठानको स्वर्गद्वारी नगरपालिका–२ निवासी ३९ वर्षीय नीमबहादुर आले, नौबहिनी गाउँपालिका–२ निवासी २१ वर्षीया देउकली बुढामगर र रोल्पाको त्रिवेणी गाउँपालिका–७ निवासी २९ वर्षीय प्रकाश घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले बुधबार साँझ पक्राउ गरेको थियो । चरेससहित पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post