काठमाडौं माघ २३ गते ।
प्रहरीले झापामा गोली प्रहारगरी लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । मंगलबार झापाको कनकाई नगरपालिका–४ स्थित कुमरखोदबाट सुरुङगातर्फ आउँदै गरेको भारतीय नम्बरप्लेटको मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
प्रक्राउ पर्नेमा भारतको डिगल बैंक थाना–५ बिहारका २८ वर्षका अन्जार आलम र सोही ठाउँका १९ वर्षका युसुब आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रोक्न खोज्दा प्रहरीलाई मोटरसाइकलले ठक्कर दिएर भाग्न खोजेपछि चार राउन्ड गोली चलाइएको प्रहरीले बताएको छ । गोली चलाउँदा अन्जरको घुँडामुनि एक राउन्ड गोली लागेको छ । अन्जरको उपचार प्रादेशिक अस्पताल भद्रपुरमा भइरहेको छ ।
अन्जरको साथबाट ३० ग्राम ६९० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर फेला परेको प्रहरीले बताएको छ । पक्राउ पर्ने अन्जर र युसुब सहोदर दाजुभाइ रहेको प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post