बाँके माघ २५ गते ।
बाँकेका आठवटा स्थानीय तहले यसअघि ६ अर्ब बजेट विनियोजन गरेका थिए । तर, यो बजे अहिलेसम्म कहाँ, कहिले, कति र कसरी खर्च भयो ? यसको जानकारी कसैलाई छैन । यसले यी पालिका आर्थिक अपारदर्शी रहेको स्पष्ट देखिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले हरेक तीन महिनामा गतिविधि सार्वजनिक गर्ने भनेको थियो । यद्यपि उपमहानगरपालिकाका मेयरकै उदासीले अहिलेसम्म यस्तो हुन सकेको देखिदैन ।
उपमहानगरपालिकाले नगर स्तरीय प्रर्वदनात्मक क्षेत्रमा १ करोड २२ लाख ७२ हजार बजेट विनियोजन गरेको थियो । तर, उक्त शिर्षकमा बजेट खर्चका वारे उपमहानगरपालिका नै चुपचाप देखिएको छ ।
यस्तै कोहलपुर लगायतका पालिकामा पनि कुन शिर्षकमा कति बजेट कसरी खर्च भैरहेको छ यो अपारदर्शी छ । जति सुशासनका चर्का भाषण गरेपनि बाँकेका स्थानीय तह पारदर्शी हुन सकेका छैनन ।
अधिकाशं पालिकाले सुचना माग गर्दा पनि सहि सुचना दिदैनन । नगर र गाउँपालिकामा मात्रै नभई वडापालिकामा पनि यो समस्या उस्तै देखिएको छ ।
अधिकाशं जनप्रतिनिधि चुनाव ताका आफुले खर्च गरेको रकमको दोब्बर असुलीमा लागिरहेको देखिएको छ । हरेक योजनामा कमिसन बिना कामै नगरि दिने जनप्रतिनिधिको चलन नै बनेको छ ।
Discussion about this post