बाँके माघ २५ गते ।
बाँकेको डुडुवा गाउँपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । गाउँपालिकाको वडा नम्बर २ स्थित रामबली लखेरको बगैंचामा पहिचान नखुलेको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
माघ २२ गते मंगलबार बिहान ७ बजे उक्त बगैंचामा झुण्डिएको अवस्थामा मृत फेला परेका अन्दाजी ४०–४५ वर्षका पुरुषको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी आयुस जोशीले जानकारी दिए।
प्रहरीले सबै कार्य पूरा गरेर मृतकको शवलाई भेरी अस्पतालको शव गृहमा राखेको जनाउँदै उक्त मृत पुरुषको पहिचानका लागि चौतर्फी खबर गरिएको जनाएको छ ।
मृतक पुरुष गहुगोरो बर्ण भएको, उचाई ५ फिट ५ इन्च, खैरो कलरको लाम्बाउले हाइनेक र खैरो कलरको टाउजर लगाएको पहाडी समुदायको जस्तो देखिने व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
Discussion about this post