कैलाली माघ २७ गते ।
कैलालीमा स्कुलबाट फर्किँदै गरेकी कक्षा ७ मा पढ्ने १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ । बाजुराबाट अध्ययन गर्नका लागि धनगढी आएकी ती किशोरीमाथि बिहिवार साँझ स्कुलबाट घर फर्किँदै गर्दा १८ वर्षीय युवकले बलात्कार गरेको कैलाली प्रहरीले जानकारी दिएको छ ।
प्रहरीलाई ती किशोरीको घटनाको बारेमा शनिबार मात्र बताएपछि प्रहरीले तत्कालै जाहेरी दर्ता गरेर थप अनुसन्धान सुरु गरेको जनाएको छ । बिहिवार साँझ घर फर्किने क्रममा ती युवकले चक्कु देखाएर आफूसँग नगए ज्यान मारिदिने धम्की दिएपछि किशोरी उनको घर गएकी थिइन् ।
प्रहरीका अनुसार ती युवकले घरमै किशोरीलाई बलात्कार गरेर फरार भएका छन् । कैलाली प्रहरीले ती युवकको खोजी कार्य जारी राखेको जानकारी दिएको छ ।
Discussion about this post