पाल्पा माघ २९ गते ।
पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीच अन्तरप्रदेश समन्वय बैठक माघ ३० गते बुधबार हुने भएको छ । त्यसको तयारीका लागि स्थलगत अवलोकन, मञ्च व्यवस्थापन लगायतका अन्य तयारीका काम तीव्रताका साथ अघि बढेको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेय लगायत प्रदेशका मन्त्री, मुख्य सचिव, सचिवहरुकोसमेत बैठकमा सहभागितामा अन्तरप्रदेश समन्वय बैठक हुन लागेको हो । दुई प्रदेशबीच साझा प्रतिबद्धता घोषणापत्र तयारीसमेत भएको छ ।
तानसेनदेखि १३ किलोमिटर कालीगण्डकी नदी किनारमा रहेको रानीमहलमा हुने दुई प्रदेशको बैठकले समृद्धि र विकासका साझा सरोकारको विषयलाई सम्बोधन गर्ने तयारी छ ।
Discussion about this post