अजय पाठक बाँके, कार्तिक २८ गते ।
प्लास्टिक मुक्त नेपालगञ्जका लागि बैकल्पिक झोला प्रयोग प्रबर्द्धन तथा प्रदुषण नियन्त्रण विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । नेपालगञ्जमा प्लास्टिक मुक्त नियुनीक्रणका लागि आज बिहीबार विभिन्न सरोकारवालाहरु संग कार्यक्रममा छलफल भएको छ । डिभिजन बन कार्यलयका गणेश खडकाले कार्यक्रममा प्लास्टिकको प्रयोग प्रभावका विभिन्न विषयमा वातावरण प्रदुषण भइ रहेको बताएका छन । प्रतेक मिनेटमा एक बिलियन प्लास्टिक ब्याग प्रयोगमा आइरहेको जस्का कारण अरु मुलुकमा पनि ठुलो विषयको रुप लिएको छ । कार्यक्रमका प्रस्तुतिकर्ता हरि सुवेदीले नेपालगञ्ज उप-महानगरपालिका अन्तर्गत रहेको सम्पुर्ण वडा लाई प्लाष्टिक मुक्त बनाउनका लागि विषेश योजनाको विवरण बताएका हुन । बास नेपालगञ्जको आयोजनामा र डिभिजन बन कार्यलय, बाँकेको सहयोगमा कार्यक्रम गरिएको हो ।
सरोकरवालाका रुपमा सभापती बासका केन्द्रिय अध्यक्ष रमेश सिटाैला, कार्यक्रमका निर्देशक नमस्कार शाह, नेपालगञ्ज उप महानगरपालिका अन्तर्गत रहेका सम्पुर्ण वडा अध्यक्ष, डिभिजन बन कार्यलयका गणेश खडका, प्रस्तुतिकर्ता हरि सुवेदीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।
Discussion about this post