कैलाली माघ ३० गते ।
कैलालीको धनगढीमा ड्युटीमा खटिएका प्रहरीलाई चक्कु प्रहार गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ फुलबारी घर भएका टेक टामाटा छन् ।
३६ वर्षीय टमाटाले बिहीबार साँझ धनगढी उपमहानगरपालिका–३ स्थित ट्राफिक चोकमा मापसे गरेर सड्कमा हल्ला गर्दै ड्युटीको प्रहरीलाई चक्कु प्रहार गर्ने प्रयास गरेका हुन् ।
आरोपीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट चक्कु बरामद गरेको छ ।
Discussion about this post