बाँके फागुन ९ गते ।
बाँकेस्थित नेपालगञ्जको राँझा विमानस्थलमा बृहद् आपतकालीन पूर्वाभ्यास गरिएको छ ।
विमानस्थलभित्र जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल सञ्चालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिकरुपमै अभ्यास गर्न आज विहान बृहद् आपतकालीन पूर्वाभ्यास गरिएको हो ।
फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी, रेडक्रसका उद्धार टोली विमानस्थलमा आएका थिए । एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालीन अभ्यास गरिएको राँझा विमानस्थल कार्यालयले जनाएको छ ।
पूर्वाभ्यासमा एकाएक विमान दुर्घटना भएको दृश्य देखिन्छ । तत्काल दमकल पुगेर आगो निभाउँछ । सुरक्षाकर्मीले घाइतेहरुको उद्धार गर्छन् र अस्पताल पठाउँछन् । पूर्वाभ्यासको समयमा विमानस्थल बन्द गरिएको थियो ।
Discussion about this post