बाँके फागुन १० गते ।
बाँकेका एसपी तुलबहादुर कार्कीले नेपालगन्जबासीहरुलाई जथाभावी फोहोर नफाल्न आग्रह रगरेका छन् । अब्यबस्थित सडक पेटी र सडकलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत उनी आफै फिल्डमा खटिएर त्रिभुवन चोक आसपासका स्थानीयबासी तथा व्यापारीहरुलाई जथाभावी सडकमा फोहोर नफाल्न आग्रह गरेका हुन् ।
नेपालगन्जको मुख्य बजार सदरलाइन, त्रिभुवन चोक, त्रिबेणी मोड लगायत क्षेत्रलाई सरसफाई र व्यवस्थित बनाउन स्थानीयबासीको पनि महत्वपूर्ण भूमिका हुने भएकाले आफ्नो भूमिकाप्रति सचेत हुन उनले आग्रह गरेका छन् । उनले बजार क्षेत्रको अनुगमन गर्दै जथाभावी फोहोर नफाल्न र पैदलयात्रुहरुलाई सडक पेटीमा हिड्न आग्रह पनि गरे ।
जाताततै सवारी साधन पार्किंग गर्दा सर्वसाधारणलाई हिडडुल गर्न र सवारी साधन जाम हुने समस्या आउने भन्दै ट्राफिक पोष्ट नेपालगन्जका प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक प्रबिण आचार्यले स्थानीयबासीलाई ट्राफिक नियम पालना गर्न आग्रह गरे ।
नगर भवनमा अस्थायी प्रहरी पोष्ट मा असइ कुल बहादुर विक आएपछि त्यसआसपासमा उनले पनि सरसफाई अभियानमा जोड दिएका छन् । जसका कारण त्रिभुवन चोक क्षेत्रमा ट्राफिक व्यवस्थापन समेत चुस्तदुरुस्त भइरहेको छ ।
त्रिभुवन चोक, सदरलाइन र त्रिबेणी मोड क्षेत्रको ट्राफिक व्यवस्थापन गर्न थालिएको अभियानलाई नियमित गरिने भएको छ । यात्रुको सहजताका लागि उक्त क्षेत्रमा जेब्रा क्रसिङ्गको व्यवस्था समेत गरिएको आचार्यले बताए । ट्राफिक प्रहरीले पैदल यात्रुलाई सडक पेटीवाट हिड्न समेत सिकाउन थालेको छ भने ब्यापारीले सडक पेटीमा राखेको सामान हटाएर आउजाउ गर्न सहज बनाएको छ ।
ट्राफिक प्रहरीले सडक व्यवस्थित बनाएपछि सदरलाइन, त्रिभुवन चोक र त्रिबेणी मोडका ब्यापारी समेत खुसी भएका छन् । सडक व्यवस्थित बनाउने कार्यलाई नियमित गर्न समेत आग्रह गरेका छन् ।
Discussion about this post