बर्दिया फागुन १३ गते ।
जिल्ला अदालत बर्दियाबाट विभिन्न समयमा सजाय र जरिवाना फैसला भएका तीन जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । फरार सूचीमा रहेका चोरी, चेक अनादर र अंश मुद्दाका प्रतिवादी रहेका छन् ।
जिल्ला अदालत बर्दियाले बासगढी नगरपालिका–५ का मनिष रावललाई चोरी मुद्दामा ०८१ असोज ८ गते फैसलाले २ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना गरेको थियो । यसैगरी त्यही मुद्दाका दश वर्षअघि फरार बासगढी नगरपालिका–३ का रामबहादुर थारु पक्राउ परेका छन् ।
उनलाई अदालतले ०७१ जेठ ७ गतेको फैसलाले १ हजार २ सय ५० रुपैयाँ जरिवाना गरेको थियो । यसैगरी त्यही पालिकाका गणेशबहादुर थारुलाई चेक अनादर मुद्दामा अदालतबाट ०८० मंसिर १७ गतेको फैसलाले जरिवाना गरेको थियो । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषिराम घर्तीमगरले फरार तीन प्रतिवादीलाई पक्राउ गरी अदालतमा दाखिला गरेको जनाए ।
Discussion about this post