बाँके फागुन १५ गते ।
गत वर्षको चैतमा लुम्बिनी प्रदेश सरकारले नै एक दिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा नेपाललाई पु¥याउन सफल भएको भन्दै लुम्बिनी प्रदेशका ६ खेलाडीलाई जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय ग¥यो । प्रदेश सरकारको यो कदम लुम्बिनीमा कसरी क्रिकेट खेलाडी जन्माउने प्रदेशको रुपमा चिनिएका छ भनेर बुझ्ने एउटा संकेत थियो ।
यही प्रदेशमा फागुनको २५ देखि चैत १६ सम्म चल्ने प्रतियोगिता प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम तयारी भइरहेको छ । त्यो पनि प्रदेशकै तीन वटा रंगशालामा । नेपाल क्रिकेट संघ (क्यान)ले लुम्बिनी प्रदेशको रूपन्देहीका दुई र दाङको लमहीस्थित एक खेल मैदान छनोट गरेको हो ।
तीनमध्ये भैरहवाको सिद्धार्थ रंगशाला र लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान सरकारी स्तरबाट निर्माण भएका हुन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका–मा व्यावसायिक प्रयोजनका लागि निजी लगानीमा निर्माण भइरहेको एक्स्ट्राटेक ओभल मैदानमा हुनेछन् । प्रदेशमा हुन लागेको यो खेल किन पनि अर्थपूर्ण छ भने पहिलो पटक काठमाडौं बाहिर पूरै प्रतियोगीता एकै प्रदेशमा समपन्न हुँदैछ ।
क्यानका अनुसार प्रतियोगिताका ४६ खेलमध्ये भैरहवाको सिद्धार्थ रंगलाशामा १७, तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट खेल मैदानमा १५ र दाङको लमहीमा १४ खेल हुनेछन् । गत संस्करणको प्रधानमन्त्री कपका केही खेल रूपन्देहीको सिद्धार्थ रंगशालामा भएका थिए । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहभागी छन् ।
प्रत्येक टोलीले एकअर्कासँग खेल्नेछन् । नेपाली क्रिकेट खेलका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा अहिलेका प्रशिक्षक शक्ति गौचनले पहिलो पटक यो महत्त्वपूर्ण खेलका लागि लुम्बिनी प्रदेशलाई छानेर क्यानले राजधानी बाहिर खेलको पूर्वाधार छ भन्ने आभास दिलाएकोमा खुसी व्यक्त गरे ।
‘यति महत्त्वपूर्ण खेल पहिलो पटक राजधानी बाहिर लुम्बिनी प्रदेशमा हुँदैछन्, खेलप्रेमीलाई यो भन्दा ठूलो खुसी के हुन्छ र,’ उनले भने, ‘क्यानले राजधानी बाहिर यो खालको अवसर दिएपछि क्रिकेट खेलाडीको स्वभाविक ऊर्जा बढ्नेछ ।’ लुम्बिनीमा क्रिकेटका लागि आश लाग्दा धेरै खेलाडी भएकाले पनि क्यानको निर्णयले लुम्बिनी बढी उत्साहित भएको गौचनको भनाइ छ ।
अहिले तिलोत्तमा नगरपालिकामा तयार भएको निजी क्षेत्रको खेल मैदान अन्र्त राष्ट्रिय खेल खेलाउन सक्ने पूर्ण क्षमताको भएको उनले बताए । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा नेपालमै पहिलो पटक ५ वटा फ्लड लाइट जडान गरिएको छ । फ्लड लाइट जडानसँगै रातिमासमेत क्रिकेट खेलाउन मिल्ने यो नेपालको पहिलो क्रिकेट मैदान भएको सञ्चालकको दाबी छ ।
Discussion about this post