बाँके फागुन १६ गते ।
सरुवा भएर अन्यत्र जानै लागेका बेला बाँकेका सिडिओ खगेन्द्र रिजाल बिवादीत बनेका छन् । रिजालको सरुवा भएको चर्चासँगै कोहलपुरका मेयर पुर्ण आचार्यले सामाजिक सन्जाल फेसबुकमा एउटा स्टार्टस लेखेर सिडिओ रिजाल विवादीत भएको खुलासा भएको छ ।
सिडिओ साब तपाईलाई धन्यवाद !! भन्दै बाँके जिल्लाका सिडिओले सरुवा भई जादाँजादैँ कक्षा १० को एसईई परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग राम्रै सौदाबाजी गरेको मेयर आचार्यको आरोप छ ।
राज्यको महत्वपूर्ण निकायको एउटा अधिकार प्राप्त व्यक्ति नैतिक रुपमा भ्रष्ट भयो भने समाज कसरी चौपट हुन्छ भन्ने कुराको राम्रो उदाहरण पनि दिन सफल हुनु भएकोमा बधाई छ मेयर आचार्य फेसबुकवालमा लेख्छन “लामो समय निजामती सेवामा रहने र माथिल्लो भूमिकामा पुग्ने निश्चित छ त्यसको लागि शुभकामना पनि छ ।”
केही गलत प्रवृतीका पात्रसँगको साँठगाँठ र हिमचिमले कोहलपुरको मर्यादित परीक्षा प्रणालिमा धक्का दिन सिडिओ रिजाल लागेको उनी बताउँछन् ।
अधिकारको चरम दुरुपयोग गरि सौदाबाजी गर्दै विभिन्न विद्यालयका परीक्षा केन्द्रहरु हेरफेर गर्ने बहानामा सिडिओ रिजालले अनुचित चलखेल गरेको उनी लेख्र्छन ।
तपाईंको यो चलखेलले हामिलाई मद्दत हैन निरुत्साहित गर्ने निश्चित छ उनी थप्तछन ” तपाई खै कस्तो प्रलोभनमा पर्नु भयो बिस्तारै खुल्दै जाला तर सिङ्गो अभिभावकलाई भ्रममा राख्ने र विद्यार्थीको भविष्य चौपट हुने गरि गरिने यस्ता ध्रुत निर्णयको हामी सामना गर्ने नै छौं ।”
हामी शिक्षामा लगानी, शैक्षिक प्रणालीको सुधार, मर्यादित परिक्षा संचालन र गुणस्तरीय शिक्षा प्रती संवेदनशील, जिम्मेवार र जवाफदेही छौं मेयर आचार्यले लेखेका छन ” त्यसैले यो वा त्यो रुपमा हाम्रो हुर्मत लिन कसैले प्रयत्न नगर्न सुझाव छ ।”
यश बिषयमा बाँकेका सिडिओे रिजालले भने कुनै खास प्रतिक्रीया दिएका छैनन । अहिले यो बिषय सामाजिक सन्जालमा छाएको छ ।
Discussion about this post