बाँके फागुन १७ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले तीन दिन नारी दिवस मनाउने भएको छ । विभिन्न कार्यक्रमको आयोजना गरेर अन्तराष्ट्रिय नारी दिवस मनाउन लागिएको राप्तीसोनारी गाउँपालिकाले जनाएको छ ।
मार्च ८ अर्थात फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा २३, २४ र २५ गते विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । २३ गते अगैया बजारमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको उपाध्यक्ष मनिषा सिंह थारुले बताइन् ।
त्यसैगरी बक्तृत्व कला र दौड प्रतियोगिता समेत आयोजना गरिएको उनको भनाइ छ । त्यसैगरि २४ गते सबै वडा कार्यालय तथा गाउँकार्यपालिकामा दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरिएको छ भने २५ गते वडा नं।८ सँगको समन्वयमा चेतनामुलक कार्यक्रमको आयोजना गरिएको उनले बताइन् ।
Discussion about this post